logo

२०८० असोज ६ शनिबार

logo
  • शनिबार, ६ असोज २०८०
  • राष्ट्रपति मार्फत ओलीले देशलाई अनिर्णयको बन्दी बनाएको तरुण दल अध्यक्ष गुरुङको आरोप

    राष्ट्रपति मार्फत ओलीले देशलाई अनिर्णयको बन्दी बनाएको तरुण दल अध्यक्ष गुरुङको आरोप

    4.3K
    SHARES
    राष्ट्रपति मार्फत ओलीले देशलाई अनिर्णयको बन्दी बनाएको तरुण दल अध्यक्ष गुरुङको आरोप

    काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि प्रहार गरेको बताएका छन् । सत्तारुढ युवा संगठनद्वारा राष्ट्रपतिको कदमविरुद्ध आयोजित विरोधसभामा अध्यक्ष गुरुङले राष्ट्रपति बाटै मुलुकप्रति षडयन्त्र भइरहेको बताए ।



    उनले भने, ‘संविधानले राष्ट्रपतिलाई मुलुकको संरक्षकको रुपमा राखेको छ । तर जुन दिनदेखि राष्ट्रले विद्यादेवी भण्डारी राष्ट्रपति पायो, त्यो दिनदेखि नै मुलुकमा शंका र त्रास फैलिएको थियो ।’ लोकतान्त्रिक आन्दोलनमा सँगै सहकार्य गरेको एमालेसँग कुनै असमझदारी नभएको भन्दै एमाले अध्यक्ष केपी ओलीको कारण राष्ट्रपतिले नागरिक विधेयक प्रमाणीकरण नगरेको गुरुङले बताए ।

    एमाले अध्यक्ष केपी ओलीले आउँदो मंसिर ४ गतेको चुनावमा आफ्नो दल पराजित हुने निश्चय भएको बुझेर राष्ट्रपतिलाई प्रयोग गरेर देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको उनको आरोप छ । फेरि पनि सम्पूर्ण लोकतान्त्रिक शक्ति एक भएर संविधान र लोकतन्त्रलाई बचाउनुपर्ने उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend