logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • प्राविधिक समस्या देखाएर विमानस्थल सञ्चालन नगरे सह्य हुँदैनः मेटमणि चौधरी

    प्राविधिक समस्या देखाएर विमानस्थल सञ्चालन नगरे सह्य हुँदैनः मेटमणि चौधरी

    5.2K
    Shares
    प्राविधिक समस्या देखाएर विमानस्थल सञ्चालन नगरे सह्य हुँदैनः मेटमणि चौधरी

    काठमाडौँ – शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भएपनि बन्नुपर्ने बताउनुभएको छ ।

    बिहीवार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताउनु भयो । मन्त्री चौधरीले दाङका नेताहरु मन्त्री हुँदा समेत विमानस्थल बनाउन नसक्दा दुःख लागेको बताउनु भयो । उहाँले टरिगाउँ विमानस्थलमा हरेकपटक मन्त्रीहरु आउने प्रतिवद्धता जनाउने तर काम नगरेको आरोप लगाउनु भयो ।

    मन्त्री चौधरीले विमानस्थल निर्माणको लागि तुलसीपुर उपमहानगरपालिकाका मेयर र सम्बन्धित जनप्रतिनिधिहरुले सबै भन्दा बढी चासो राख्नुपर्ने बताउनु भयो । उहाँले विमानस्थल बिस्तारको बजेटका लागि आफूहरुले पहल गर्ने र सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    मन्त्री चौधरीले अब टरिगाउँ विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्नेगरी धावनमार्ग निर्माण गरेर चाडै विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने बताउनु भयो । उहाँले अब टेक्नोलोजीको समस्यालाई देखाएर वा बहाना बनाएर विमानस्थल सञ्चालन नहुने विषय सह्य नहुने चेतावनी दिनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend