logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडौं महानगरलाई अदालतले काट्यो एकै दिन २२ पत्र, संरचना भत्काउने काम रोक्न आदेश

    काठमाडौं महानगरलाई अदालतले काट्यो एकै दिन २२ पत्र, संरचना भत्काउने काम रोक्न आदेश

    8.7K
    Shares
    काठमाडौं महानगरलाई अदालतले काट्यो एकै दिन २२ पत्र, संरचना भत्काउने काम रोक्न आदेश

    काठमाडौं । टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ ।

    उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गरे ।

    अदालतका कर्मचारीले काठमाण्डौं महानगरपालिका प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् । यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend