logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • पानी बोक्ने गाडीले कुल्चेर भक्तपुरमा १७ महिने शिशुको मृत्यु

    पानी बोक्ने गाडीले कुल्चेर भक्तपुरमा १७ महिने शिशुको मृत्यु

    3.4K
    Shares

    काठमाडौं । भक्तपुरको लोकन्थलीमा गाडीले कुल्चेर १७ महिने शिशुको मृत्यु भएको छ । मध्यपुर ठिमी १ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

    पाण्डेका अनुसार खेल्दै गरेका बालक पानी झार्न रोकेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए। गाडी मुनी बालक छिरेको थाहा नपाएपछि चालकले पानी झारेर अगाडि बढ्दा उनी गम्भीर घाइते भएका थिए।

    उपचारका लागि तत्काल समिट अस्पतालमा लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले गाडी चालक सिन्धुपाल्चोक मेलम्ची ३ घर भई मूलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई नियन्त्रणमा लिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend