logo

२०८० चैत्र ६ मंगलबार

logo
  • मंगलबार, ६ चैत्र २०८०
  • चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सोलुखुम्बुका डीएसपी शाहले सार्वजनिक गरे सुरक्षा योजना

    चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सोलुखुम्बुका डीएसपी शाहले सार्वजनिक गरे सुरक्षा योजना

    4.3K
    Shares
    चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सोलुखुम्बुका डीएसपी शाहले सार्वजनिक गरे सुरक्षा योजना

    काठमाडौं । नेपालीहरुको महान चाड दशै, तिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै सुरक्षा निकायहरुले विशेष सुरक्षा योजना सार्वजनिक गर्न थालेका छन् । विभिन्न जिल्लाका जिल्ला प्रहरी कार्यालयले चाडपर्वलाई मध्यनजर गर्दै विशेष योजना सार्वजनिक गर्दै आएका छन् ।

    प्रमुख जिल्ला अधिकारी अनिल खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पनि विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । दशै, तिहार जस्ता ठूला चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गरेको कार्यालयले जनाएको छ ।

    नेपाल प्रहरीमा अव्वल छवि बनाउँदै आएका डीएसपी सुनिल जंग शाहको कमाण्डमा रहेको सोलुखुम्बु प्रहरीले शनिवारदेखि नै लागू गर्ने गरी सुरक्षा योजना सार्वजनिक गरेको हो ।

    अन्य सुरक्षा संयन्त्रसँग समेत समन्वय गरी चाडपर्वमा अप्रिय घटना हुन नदिन प्रहरी परिचालनको योजना बनाएको छ ।

    चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि गाउँघरसम्मै प्रहरी गस्ती परिचालन गरिने भएको छ । ठाउँ–ठाउँमा सरप्राइज चेकिङको समेत व्यवस्था मिलाइएको सोलु प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend