logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बागमती नदी वरपरका सुकुम्बासी बस्ती हटाउन तयारी गर्दै काठमाडौं महानगर

    बागमती नदी वरपरका सुकुम्बासी बस्ती हटाउन तयारी गर्दै काठमाडौं महानगर

    36.3K
    Shares

    काठमाडौं । काठमाडौं महानगरले बागमती वरपरका सुकुम्बासी बस्ती हटाउने भएको छ । महानगर मातहतको सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरको सुकुम्बासी बस्ती हटाउन छलफल थालेको छ । महानगरका एक अधिकारीका अनुसार समितिले करिडोरमा अव्यवस्थित बसोबास भएपनि समितिले हटाउन नसकेको भन्दै महानगरमार्फत करिडोर खाली गर्न आग्रह गरेको छ हो ।

    ‘समितिका पदाधिकारीहरुले महानगरसँग एक चरणको छलफल गरिसकेको छ । थापाथलीको सुकुम्बासी बस्तीसहित अन्य स्थानहरुमा रहेको बस्ती हटाउने तयारी छ । अब छिट्टै बैठक बसेर पूर्व सूचना दिँदै महानगरले बागमती नदी करिडोरमा रहेको बस्ती हटाउँछ’, महानगरका एक अधिकारीले भने, ‘सोहिअनुसार तयारी पनि महानगरले गरेको छ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend