logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रभु बैंक र केशिज रेष्टुरेन्ट बिच सेवावापत छुट दिने सम्झौता

    प्रभु बैंक र केशिज रेष्टुरेन्ट बिच सेवावापत छुट दिने सम्झौता

    7.8K
    Shares

    काठमाडौं । प्रभु बैंक लिमिटेड र ठमेल स्थित केशिज रेष्टुरेन्ट एण्ड बार प्रा.लि.बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट डिजीटल सेल्स् विभागका प्रमुख भेषराज धमला र केशिज रेष्टुरेन्ट एण्ड बार प्रा.लि.का प्रोप्राइटर सुबोध शाक्यद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त रेष्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले केशिज रेष्टुरेन्ट एण्ड बार प्रा.लि. द्धारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

    उतm सम्झौता अन्तर्गत केशिज रेष्टुरेन्ट एण्ड बार प्रा.लि.मा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, केशिज रेष्टुरेन्ट एण्ड बार प्रा.लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

    यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend