logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • भरतपुरको पैतृक सम्पत्तिमा बनाएको एकतले नयाँ घरमा सरे प्रचण्ड

    भरतपुरको पैतृक सम्पत्तिमा बनाएको एकतले नयाँ घरमा सरे प्रचण्ड

    42.9K
    SHARES

    भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार आफ्नो नयाँ घरमा सरेका छन्। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित शिवनगरमा रहेको प्रचण्ड टोलमा बनेको एकतले घरमा प्रचण्ड सरेका हुन्।

    पत्नी सीता दाहालसहित प्रचण्ड नयाँ घरमा सरेका हुन्। करिब १० कट्ठा जमिनको मध्यभागमा उक्त घर बनेको छ। उक्त जमिन प्रचण्डको पैतृक सम्पत्ति हो। बाबु मुक्तिराम दाहालले २०४८ सालतिर त्यहाँको केही जमिन बिक्री गरेपछि करिब ६ कट्ठा मात्रै बाँकी रहेको थियो।

    प्रचण्डका बाबु मुक्तिराम भरतपुर ६ वैदिक नगरमा रहेको घरमा बस्थे। उनको त्यही निवासमा निधन भएको थियो। घर बनेको ठाउँ प्रचण्डको निर्वाचन क्षेत्रमै पर्छ। प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा प्रचण्ड आफ्नै घरमा सरेका हुन्।

    काठमाडौंमा भने प्रचण्ड भाडाको घरमा बस्छन्। ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा उनी भाडामा बस्ने गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend