logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • सरकारले निर्वाह भत्ता नदिंदा न्याम्सका आवासिय चिकित्सकलाई दैनिक जीवनयापनमा कठिनाई

    सरकारले निर्वाह भत्ता नदिंदा न्याम्सका आवासिय चिकित्सकलाई दैनिक जीवनयापनमा कठिनाई

    4.9K
    Shares
    सरकारले निर्वाह भत्ता नदिंदा न्याम्सका आवासिय चिकित्सकलाई दैनिक जीवनयापनमा कठिनाई

    काठमाडौँ  – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा कार्यरत आवासीय चिकित्सकहरुले निर्वाह भत्ता उपलब्ध गराउन माग गरेका छन् । आवासीय चिकित्सकहरुको संस्था रेजिडेन्ट एशोसिएशन अफ न्याम्स (र्यानले) ले  विज्ञप्ति जारी गर्दै भत्ता नपाएको विषयमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् ।

    अध्यक्ष डा शेषराज घिमिरे र महासचिव डा पुष्पराज ज्ञवालीले मंगलबार विज्ञप्ति जारी विगत दुई महिनादेखि निर्वाह भत्ता नपाउँदा दैनिक जीवनयापनमा कठिनाई भएको र त्यसले सेवा प्रवाह गर्ने मनोबलमा प्रत्यक्ष असर पारेको विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित निकायहरुमा बारम्बार अनुरोध गर्दासमेत सकारात्मक प्रतिफल नआएको भन्दै र्यानले प्रतिष्ठान, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल चिकित्सक आयोगलाई भत्ताका लागि पहल गरिदिन आग्रह गरेको हो ।

    आवासीय चिकित्सकहरुले अध्ययन तथा प्रयोगात्मक अवधिभर अन्य कुनै पनि संस्थामा काम गर्न नपाउने प्रावधान छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend