logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • अमेरिकी गायन शो ‘द भ्वाइस’मा नेपाली किशोरीको लोभलाग्दो प्रस्तुति (भिडिओसहित)

    अमेरिकी गायन शो ‘द भ्वाइस’मा नेपाली किशोरीको लोभलाग्दो प्रस्तुति (भिडिओसहित)

    6.7K
    Shares

    काठमाडौं । १७ वर्षीया नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाले अमेरिकी गायन रियालिटी शो द भ्वाइसमा लोभलाग्दो प्रस्तुति दिएकी छन् । नेपाली समयानुसार बुधबार बिहान भएको शोमा उनले पहिलो गायकी प्रस्तुति गर्दै नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पुर्‍याउने जमर्को गरिन् ।

    तिमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउँदै उनले चारैजना जजलाई मन्त्रमुग्ध मात्र पारिनन्, उनीहरुलाई आफूतिर आकर्षित पारिन् । चारैजना निर्णायकले उनको गायकीको प्रशंसा गरे । साथै, सहकार्य गर्न पाएकोमा सम्मानित महसुस भएको पनि बताए ।

    जज क्यामिलाया केबेलोले परिजिताले आफ्नो मनपर्नेमध्येको गीत गाएको भन्दै प्रशंसा गरिन् । ‘श्वासप्रश्वासलाई नियन्त्रणमा लिंदै तिमीले गीत गाउँदा म प्रभावित भएँ । सँगै काम गर्न पाउँदा उत्साहित छु,’ उनले भनिन् । अर्का जज जोन लिजेन्डले पनि सहकार्य गर्न पाउँदा आफूलाई सम्मानित महसुस भएको बताए । ‘उत्कृष्ट कलाकारले आफ्नो संस्कृति र त्यसको जरालाई विश्वभर फैलाउन सक्छ । तपाईंसँग काम गर्न पाउँदा मलाई सम्मानित महसुस भइरहेको छ,’ उनले भने ।

    जज जिवेन स्टेफानीले परिजिताको स्वर प्राकृतिक र युनिक भएको बताइन् । ‘काम गर्न पाउँदा हामीलाई रमाइलो हुनेछ,’ उनले भनिन् । जज ब्लेक सेल्टनले आफू परिजिताको फ्यान भएको बताइन् । परिजिताले चारैजना जजलाई नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिएकी थिइन् । आफू द भ्वाइसमा भाग लिने पहिलो नेपाली प्रतिस्पर्धीको रुपमा चिनाएकी उनले आफूले नेपाली संगीत सुन्ने तर मनपर्ने जनरा चाहिं आरएण्डबी भएको बताइन् ।

    हेर्नुहोस् भिडिओ :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend