logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • मेक्सिकोमा बन्दुकधारीद्वारा ६ प्रहरी अधिकारीको हत्या

    मेक्सिकोमा बन्दुकधारीद्वारा ६ प्रहरी अधिकारीको हत्या

    3.7K
    Shares
    मेक्सिकोमा बन्दुकधारीद्वारा ६ प्रहरी अधिकारीको हत्या

    मेक्सिको सिटी । उत्तरी मेक्सिकोमा बन्दुकधारीहरूले बुधवार ६ जना प्रहरी अधिकारीको गोली हानेर हत्या गरेका छन् ।  क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला पाँच प्रहरी अधिकारीको गोली हानेर हत्या भएको हो ।

    जाकाटेकास राज्यमा बन्दुकधारीले आक्रमण लगत्तै घटनास्थलमा पुगेका थप दुई कानून प्रवर्तन अधिकारीहरूलाई पनि गोली हानेका थिए । तिमध्ये एक जनाको मृत्यु भएको छ । आक्रमणमा लागूऔषध तस्करको संलग्नता रहेको अनुमान गरिएको छ ।

    गत जनवरीमा जाकाटेकास राज्यको राजधानीमा गभर्नरको दरबारको अगाडि छोडिएको खेलकुद उपयोगिता गाडीमा १० शव फेला परेका थिए ।
    यसैबीच, पछिल्लो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend