logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • डलर हालसम्मकै महंगो : एक डलर बराबर १३१ रुपैयाँ ४१ पैसा

    डलर हालसम्मकै महंगो : एक डलर बराबर १३१ रुपैयाँ ४१ पैसा

    5K
    Shares

    काठमाडौं । नेपाली मुद्रा थप कमजोर बनेको छ । पछिल्लो केही दिन यता डलरको मूल्यले एक पछि अर्को नयाँ रेकर्ड कायम गर्दा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको छ । पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ फेडले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो । गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यसयता हरेक दिन जसो बढेर नयाँ रेकर्ड बनाउँदै गएको छ ।

    बिहिबारको लागि एक अमेरिकी डलरको विनिमय दर बिक्री दर १३० रुपैयाँ ८१ पैसा पुगेको थियो । यस्तै राष्ट्र बैंकले तोकेको खरिद मूल्य १३१ रुपैयाँ ४१ पैसा रहेको छ । गत शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो । यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र खरिद मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेकोमा शुक्रबार उक्त मुल्यबाट माथि लागेको थियो ।

    १८ साउनमा एक अमेरिकी डलरको विनिमय दर बिक्री दर १२६ रुपैयाँ २५ पैसा र खरिद मूल्य १२५ रुपैयाँ ६५ पैसासम्म झरेको थियो । त्यसपछि पुनः बढ्न लागेको डलरको मूल्यले गत शुक्रबार नयाँ उचाइ कायम गरेको थियो । त्यसयता लगातार बढीरहेको छ । आइतबार बढेर एक अमेरिकी डलरको विनिमय दर बिक्री दर १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । सोही दिन राष्ट्र बैंकले तोकेको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको थियो ।

    मंगलबार थप महँगिदा एक अमेरिकी डलरको विनिमय दर १३०.९० रुपैयाँ र खरिद दर १३० रुपैयाँ ३० पैसा रहेकोमा बुधबार भने सामान्य घटेर डलरको खरिद मूल्य १३० रुपैयाँ २६ पैसा र बिक्रीदर १३० रुपैयाँ २६ रुपैयाँ थियो । भारतीय मुद्रा लगातार कमजोर बन्दै जाँदा भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरको कारण पनि नेपाली मुद्रा कमजोर बन्दै गएको छ ।
    अगामी दिनेमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् । फेडले ब्याजदर बढाउँदा भारत सहित विश्वभरी रहेको अमेरिकी लगानी पोर्टफोलियो अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको छ ।

    मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो । यसका साथै रुस युक्रेन युद्धका कारण तेल र ग्याँसको आपूर्ति सहज नहुँदा युरोपियन अर्थतन्त्र कमजोर बनेका कारणले पनि डलर महँगिएको अथर्एवीदहरु बताउँछन् । यस्तै विश्वभरी बढ्दो महँगीको लाभ समेत डलर हुने गरेको नेपाल राष्ट्र बैंक्का पवुर्व कार्यकारी निर्देशक नरबहादुर थापाको तर्क छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend