logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • के सलमान खानका कारण द कपिल शर्मा शो मा नगएकी हुन् ऐश्वर्या राय ?

    के सलमान खानका कारण द कपिल शर्मा शो मा नगएकी हुन् ऐश्वर्या राय ?

    5.1K
    Shares

    काठमाडौं । आउने शुक्रबार बलिवुड चलचित्र पोन्नियिन सेल्वन रिलिज हुँदैछ । यो मल्टिस्टारर फिल्मको अत्यधिक प्रोमोसन गरिँदैछ । साउथदेखि नर्थ बेल्टमा पोन्नियिन सेल्वनका कलाकारले फिल्मलाई मज्जाले प्रोमोट गरिरहेका छन् । ‘द कपिल शर्मा शो’ मा पनि पोन्नियिन सेल्वनका स्टारकास्ट पुगेका छन् । आउँदो एपिसोडमा यस फिल्मका कलाकारलाई देख्न सकिन्छ । विक्रम र तृषाले शोलाई धेरै नै कन्टेन्ट पनि दिए । तर बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको अनुपस्थितिका कारण धेरैलाई अलिकति खल्लो पनि महसुस गरिरहेका छन् । उक्त एपिसोडको प्रोमोमा ऐश्वर्या देखिइनन् ।

    कमेडी शोमा किन देखिइनन् ऐश्वर्या ?

    ऐश्वर्या राय कपिल शर्मा शोमा नदेखिएपछि मानिसहरुले यसलाई सलमान खानसँग जोडेर हेरिरहेका छन् । कपिल शर्मा शोका निर्माता सलमान खान हुन्, त्यसैले ऐश्वर्याले कमेडी शोमा आउन अस्वीकार गरिन् भनेर धेरैले भनिरहेका छन् । कतिले भने यस्तो होइन भनेर ऐश्वर्याको समर्थन पनि गरिरहेका छन् । नायिकाले फिल्म ‘ऐ दिल हे मुश्किल’ शो प्रोमोट गरेका कारण यस्तो नभएको धेरैको धारणा छ ।

    यसको जवाफमा एकजना प्रयोगकर्ताले लेखे, ‘ऐश्वर्या शोमा आएकी थिइन्, तर त्यतिबेला सलमान शोका निर्माता थिएनन् ।’ अर्काले लेखे, ‘कास्टले विभिन्न ठाउँमा अन्तरवार्ता दिइरहेका होलान्, ऐश्वर्या राय अर्को ठाउँमा व्यस्त होलिन् ।’ ऐश्वर्या बाहेक मणि रत्नम र एआर रहमान पनि कपिल शर्मा शोमा पुगेनन् । फिल्म ३० सेप्टेम्बरमा हलमा रिलिज हुँदैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend