logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • शेयर बजारमा हरियाली, नेप्से १६.२९ अंकले वृद्धि

    शेयर बजारमा हरियाली, नेप्से १६.२९ अंकले वृद्धि

    3.4K
    Shares

    काठमाडौं । दशैँअघि शेयर बजार मापक नेप्सेमा हरियाली छाएको छ । पछिल्लो समय लगातार रुपमा घट्दै गएको नेप्से परिसूचक दुई दिनदेखि सकारात्मक गति समातेको हो । दशैँअघिको अन्तिम कारोबार दिन बिहीवार नेप्से सूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको छ । बिहीवार कारोबारमा आएका २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    बुधवार ४८ करोड ५४ लाख रुपैयाँ मात्रै कारोबार भएको थियो । बिहीवार नेप्सेका १३ वटा उपसमूह मध्ये जीवन बीमा बाहेक सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ । बीमा उपसमूहको सूचक ०.०६ प्रतिशतले गिरावट आएको छ भने सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमूहको १.६५ प्रतिशतले बढेको छ ।

    बिहीवार अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ५.७६ प्रतिशत, समिट लघुवित्तको ५.४० प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको ५.१३ प्रतिशतले बढेको छ । तर यता सामलिङ्ग पावरको शेयरमूल्य ७.९४ प्रतिशतले घटेको छ ।

    हिमालयन पावर पार्टनरको ३.६९ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ३.४५ प्रतिशतले घटेको छ। बिहीवार नबिल बैंकको सबैभन्दा धेरै २ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।नेपाल स्टक एक्सचेन्ज अब आउँदो नौ दिनका लागि बन्द भएको छ । शेयर बजार अब आगामी २३ गतेबाट मात्रै खुल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend