logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • ऐतिहासिक चलचित्र ‘नालापानी’ को ट्रेलर सार्वजनिक (भिडिओसहित)

    ऐतिहासिक चलचित्र ‘नालापानी’ को ट्रेलर सार्वजनिक (भिडिओसहित)

    5K
    Shares

    काठमाडौं । नेपाली ऐतिहासिक चलचित्र नालापानीको ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी चलचित्र नालापानीको ट्रेलर सार्वजनिक गरिएको हो । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’को ट्रेलरमा देख्न सकिन्छ । बिहीवार ट्रेलरमा नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाईंलाई देखाइएको छ ।

    २ मिनेट ४१ सेकेण्ड लम्बाईको ट्रेलरमा अंग्रेजसँगको लडाईंको क्रममा देखाईएका दृश्य वास्तविक लाग्छन् । ट्रेलर हेर्दा घमासान युद्ध र ऐतिहासिक कथावस्तुमा बनेका फिल्म मन पराउने दर्शकलाई ‘नालापानी’ले आकर्षित गर्नसक्ने देखिन्छ । तिहारको छेको पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गरेको छ । ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर फिल्म निर्माण गरेको बताए । फिल्मले नेपाली वीरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन पनि उनले फिल्म सम्बद्ध संघ–संस्था तथा राज्यसँग अपिल गरे ।

    नालापानी एक युगमा एक पटक मात्र निर्माण हुने भएकाले दर्शकलाई एकपटक हेरिदिन उनको आग्रह छ । कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ट्रेलरका दृश्यहरु हेर्दा आफू पनि त्यो युद्धमा सिपाहीको रुपमा कतै लडाई लडिरहेको हो की भन्ने महशुस भएको बताए । उनले राज्यले समेत विशेष चलचित्र भनेर उद्घोष गरिसकेको चलचित्रलाई एक हप्ता सोलोरुपमा चल्न दिनुपर्ने बताए । आफ्नो भुगोल, संस्कृति, नेपाल र नेपालीलाई बचाउनको निम्ति वीर शहीदहरुले कुन हदसम्म लडाईं लडेका रहछन् भन्नेकुरा नालापानी चलचित्रबाट अहिलेको पुस्ताले पाठ सिक्न आवश्यक रहेको उनको भनाई छ ।

    चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको नालापानी को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । प्रा.डा.धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित नालापानीका नायक वीर बलभद्र पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा. डा. धनराज कुँवर, प्रा. डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र केसी, पूर्व सहायक रथि डा.प्रेम सिंह बस्न्यातहरूसँग पटक पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो ।

    फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, सरिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खड्का लगाएतका कलाकारको भुमिका छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend