logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सरकारको कार्यशैलीप्रति असन्तुष्टी पोख्दै गगनले भने–डेंगी नियन्त्रणमा सरकारले केही पनि गरेको छैन

    सरकारको कार्यशैलीप्रति असन्तुष्टी पोख्दै गगनले भने–डेंगी नियन्त्रणमा सरकारले केही पनि गरेको छैन

    3K
    Shares
    सरकारको कार्यशैलीप्रति असन्तुष्टी पोख्दै गगनले भने–डेंगी नियन्त्रणमा सरकारले केही पनि गरेको छैन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेंगी रोगको संक्रमण रोक्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । उनले आपतकालीन बैठक बसेर संक्रमण रोकथामका लागि विशेष काम गर्न सरकारलाई आग्रह गरे ।

    आज आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले भने, ‘हिजो कोरोनाको बेलामा ओली सरकारले काम गरेन भन्यौँ । अहिले डेंगी संक्रमणका बेला यो सरकारले पनि काम गर्न सकेको छैन ।

    उनले सरकारको कार्यशैलीप्रति आफू असन्तुष्ट रहेको बताउँदै अगाडि भने, ‘डेंगी फैलिएका बेला जुन किसिमले लाग्नुपर्ने हो त्यो किसिमले सरकारले काम गरेन । यसमा मेरो असन्तुष्टि छ । सरकार सबैको हो । ’

    थापाले अहिले सिट बाँडफाँटमा केन्द्रित रहेको भए पनि यो नियमित कामसँगै डेंगी नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend