logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता छ तर सम्भावना खेर फालिरहेको छ :  विश्व बैंक

    नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता छ तर सम्भावना खेर फालिरहेको छ :  विश्व बैंक

    3.4K
    Shares

    काठमाडौं । एक अध्ययनका अनुसार नेपालले अहिलेको तुलनामा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावना गुमाईरहेको छ । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको प्रतिवेदन अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देखाइएको हो ।

    नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले अझै सम्भावना रहेको बताए । उनले नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता रहेको समेत जिकिर गरे ।

    यसलाई गत आर्थिक वर्षको निर्यातसँग तुलना गर्ने हो भने आठ गुणा बढी सम्भावना देखिएको छ । व्यापार घाटा निरन्तर बढिरहेका बेला यो अध्ययनले सम्भावना देखाएको छ । नेपालको निर्यात सम्भाव्यता विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसँग एकै दिन विश्व व्यापार संगठनको सदस्य भएको अतिकम विकसित मुलुक क्याम्बोडिया, लाओस जस्ता देशले निर्यात बढाउन सकेको हुँदा नेपालको समेत सम्भावना रहेको बताए ।

    एउटै खालको भौगोलिक अवस्था भएको लाओसको सन् १९९९ अगाडिसम्म निर्यातमा करिब आधा कृषि उत्पादन, आधा कपडा र बाँकी थोरै अंश, केही खनिज र अन्य उत्पादन रहेको उनको भनाइ छ । सन् २०१९ कोभिड १९ पूर्व ठूलो परिवर्तनका साथ निर्यातमा कृषि र कपडालाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर र रसायनमा आधारित वस्तुहरू, विद्युतीय ऊर्जा थप्न सफल भएको समेत उनले बताए ।

    नेपालको वृद्धि उत्पादकत्वको आधारमा नदेखिने भन्दै उनले नेपाली उद्योग व्यवसायले तीव्र निर्यात मार्फत लाभ लिन नसकेको तर्क गरे । न्यून परिणामको निर्यात, सीमित देशहरुमा मात्र केन्द्रित र छोटो समयको निर्यात र न्यून बाह्य लगानी नै नेपालको मुख्य चुनौतीको रुपमा देखिएको उनले आफ्नो प्रस्तुतिमा बताए । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरुपी एउटामात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend