logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • इरान हिंसामा ७६ भन्दा बढीको मृत्यु, ९ जना युरोपेली नागरिक पक्राउ

    इरान हिंसामा ७६ भन्दा बढीको मृत्यु, ९ जना युरोपेली नागरिक पक्राउ

    4.2K
    Shares
    इरान हिंसामा ७६ भन्दा बढीको मृत्यु, ९ जना युरोपेली नागरिक पक्राउ

    काठमाडौं । इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक सडक आन्दोलनका क्रममा ९ जना जना युरोपेली नागरिक पक्राउ परेका छन् । खुफिया अधिकारीहरूले पक्राउ परेकाहरुलाई जासुस संगठनका एजेन्ट भएको आरोप लगाएका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि राजधानी तेहरानमा विरोध प्रदर्शन सुरु भएको थियो र देशभर फैलिएको थियो ।

    उत्तर–पश्चिमी सहर साकेजकी २२ वर्षीयालाई सेप्टेम्बर १३ मा नैतिकतासम्बन्धी प्रहरीले हिजाबसम्बन्धी नियम पालना नगरेको आरोपमा तेहरानमा पक्राउ गरेका थिए । पक्राउ परेको केही दिनपछि उनको मृत्यु भएको थियो ।

    पक्राउ परेकाहरू पोल्याण्ड, स्वीडेन, जर्मनी, इटाली, फ्रान्स र नेदरल्यान्डका रहेको इरानको गुप्तचर मन्त्रालयले जनाएको छ ।

    यसैबीच, इरान विरोधी प्रदर्शनमा हालसम्म ७६ भन्दा बढीको मृत्यु भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend