logo

२०८० चैत्र ६ मंगलबार

logo
  • मंगलबार, ६ चैत्र २०८०
  • उपचाररत दुईजना कैदी स्वास्थ्य संस्थाबाटै भागे

    उपचाररत दुईजना कैदी स्वास्थ्य संस्थाबाटै भागे

    4.1K
    Shares

    काठमाडौं । क्षयरोग निवारण संस्थामा उपचार गराईरहेका दुई जना कैदीबन्दी फरार भएका छन् । उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन् । दुवै जना जिल्ला कारागार झापामा थिए । क्षयरोग देखिएपछि विराटनगरस्थित उक्त संस्थामा भर्ना गरिएको थियो ।

    क्षयरोग लागेपछि उनीहरु भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए । जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा उनीहरु शनिबार विहान सबेरै फरार भएका हुन् ।

    उपचारका क्रममा फरार भएका कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले फरार भएका कैदीबन्दीको खोजी तिब्र बनाइएको बताए ।

    उनले सुरक्षामा खटिएका प्रहरीमाथि पनि छानबिन भइरहेको बताए । जिल्ला कारागार मोरङका निमित्त जेलर भगतका अनुसार हेमरम जबरजस्ती करणी मुद्दाका कैदी हुन् ।

    झापा गाउँपालिका–५ का बासिन्दा उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला भएको थियो । झापा गाउँपालिका ३ का गुरुङ भने लागूऔषध मुद्दामा पुर्पक्षका लगि थुनामा थिए । जिल्ला अदालत झापाले उनलाई २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend