logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • स्याङ्जा १ को (क) माओवादीलाई नदिन काङ्ग्रेस कार्यकर्ताको माग, दिए बिद्रोह गर्ने चेतावनी

    स्याङ्जा १ को (क) माओवादीलाई नदिन काङ्ग्रेस कार्यकर्ताको माग, दिए बिद्रोह गर्ने चेतावनी

    6.7K
    Shares
    स्याङ्जा १ को (क) माओवादीलाई नदिन काङ्ग्रेस कार्यकर्ताको माग, दिए बिद्रोह गर्ने चेतावनी

    स्याङ्जा – आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा निर्वाचनको लागी स्याङ्जा क्षेत्र नं १ प्रदेश क मा कुनै पनि हालतमा नेपाली काङ्ग्रेसले छाड्न नहुने माग कार्यकर्ताहरुले गरेका छन्।

    स्याङ्जा क्षेत्र नं १ प्रदेश क मा आफ्नो कमजोर उपस्थिति रहेको माओवादी केन्द्रले दाबी गरेपछि काङ्ग्रेस कार्यकर्ताहरु आक्रोशित बनेका छन् । गत स्थानीय तहको निर्वाचनमा जम्मा १५ सय मत पाएको माओबादीलाई १६ हजार बढी मत भएको कांग्रेसले टिकट दिए विद्रोह गर्ने चेतावनी कांग्रेस कार्यकर्ताले नेतृत्वलाई दिएका छन् ।

    नेपाली कांग्रेसको राम्रो पकड भएको क्षेत्र माओबादीलाई दिन सकिन्न। जबरजस्ती गरेर टिकट लिने चेष्टा गरे त्यो उनीहरुलाई नै महँगो पर्छ कांग्रेसका एक नेताले भने। गठबन्धन गर्ने भए आफ्नो हैसियत अनुसारको माग गर्न समेत उनले माओबादीलाई आग्रह गरे।

    स्याङ्जा क्षेत्र नं १ प्रदेश क मा कांग्रेसको बिकल्प छैन यदि उक्त क्षेत्र माओबादीलाई दिए त्यसको असर जिल्ला पर्ने चेतावनी समेत हामीलाई कार्यकर्ताले दिएका छन्। कार्यकर्ताको भावनाको कदर गर्नु हाम्रो दायित्व हो ‘ उनले भने।

    गत स्थानिय तहको निर्वाचनमा समेत जिल्लामा गठबन्धन गरेर भन्दा गठबन्धन नगरेर चुनाव लड्दा नेपाली काङ्ग्रेसको पक्षमा राम्रो परिणाम आएको भन्दै गठबन्धनकै लागी भनेर १ प्रदेश क छाड्न नसकिने निस्कर्ष जिल्ला नेतृत्वले समेत निकालेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend