logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अस्पतालमै पुगेर भेटे उपराष्ट्रपति पुनले शताब्दी पुरुष सत्यमोहन जोशीलाई

    अस्पतालमै पुगेर भेटे उपराष्ट्रपति पुनले शताब्दी पुरुष सत्यमोहन जोशीलाई

    2.3K
    Shares

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले शताब्दी पुरुष सत्यमोहन जोशीलाई अस्पतालमै गएर भेटेका छन् । शनिबार बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

    उपराष्ट्रपति पुनलाई चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । ‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, उपराष्ट्रपति पुनले जोशीलाई भने ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’

    शताब्दी पुरुष जोशी डेंगु संक्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend