logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • ‘पीएस–वान’को आक्रामक ओपनिङ : पहिलो दिन विश्वभरबाट कमायो ८० करोड भारु

    ‘पीएस–वान’को आक्रामक ओपनिङ : पहिलो दिन विश्वभरबाट कमायो ८० करोड भारु

    7.7K
    Shares

    काठमाडौं । भारतीय बक्सअफिसमा टलिउड चलचित्र पुन: एकपटक बलिउडमाथि हाबी भएको छ । मणिरत्नम निर्देशित फिल्म ‘पीएस–वान’ (पोनियन सेल्भन) को कमाई हिन्दी ‘विक्रम वेधा’ भन्दा धेरै छ । कुनै तामिल फिल्मलाई प्राप्त भएको यो अहिलेसम्मकै उच्च ओपनिङ हो । जति ‘विक्रम वेधा’ को कमाई छ उति ‘पीएस–वान’को तामिलनाडुको दोब्बर कमाइ छ । ऋतिक रोशन र सैफअली खान स्टारर ‘विक्रम वेधा’ले पहिलो दिन भारतमा ११.५० करोड भारुको ओपनिङ गरेको छ ।

    भारतका दक्षिण राज्यहरुमा फिल्मको कमाई आक्रामक देखिएको छ । पहिलो दिन फिल्मले तामिलनाडुमा मात्र २६.८५ करोड भारु कमाइ गरेको छ । भारतमा फिल्मको कूल ओपनिङ ४० देखि ४५ करोड भारु छ । क्रितिक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन विश्वभर ८० करोड भारुको ओपनिङ गरेको छ । फिल्मले आगामी दिनमा भारतीय बक्सअफिसमा कीर्तिमान रच्ने अपेक्षा गरेको छ ।

    तर, हिन्दी भाषामा भने फिल्मको क्रेज खास छैन । ओपनिङ डेमा फिल्मले हिन्दी भाषामा मात्र १.७५ करोड भारु कमाएको छ । हिन्दी बेल्टमा चाहिँ ऋतिक र सैफअलीको विक्रम वेधाले दर्शकलाई आकर्षित गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend