logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • पीएसजी शीर्ष स्थानमा उक्लियो

    पीएसजी शीर्ष स्थानमा उक्लियो

    3.5K
    Shares
    पीएसजी शीर्ष स्थानमा उक्लियो

    काठमाडौं । किलियान एम्बाप्पेले खेलको अन्त्यतिर गोल गरेपछि पेरिस सेन्ट जर्मेनले निसलाई हराउँदै लिग वानको शीर्ष स्थानमा पुनः उक्लिएको छ । शनिबार राति भएको खेलमा पीएसजी २–१ गोल अन्तरले विजयी बनेको हो ।

    लियोनेल मेस्सीले पहिलो हाफमा फ्रिकिकबाट गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको सुरुवातमा नै गेइटान लाब्रोडेले बराबरी गोल फर्काएका थिए । खेल बराबरीतर्फ अघि बढिरहँदा ८३ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

    यो सबै प्रतियोगितामा पीएजसीको लगातार सातौँ जीत थियो । ९ खेलपछि २५ अंक बटुल्दै टोली लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend