logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • गायक कमल खत्री र नवगायिका मेलिना मैनालीले कसे लगनगाँठो

    गायक कमल खत्री र नवगायिका मेलिना मैनालीले कसे लगनगाँठो

    4.3K
    Shares

    काठमाडौं । गायक तथा संगीतकार कमल खत्री र नवगायिका मेलिना मैनाली वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले आज आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर विवाह गरेका हुन् ।

    दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत उनीहरुले घोषणा गरेका छन् ।

    ‘जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार विवाह गरेका छौं । सबैमा विजया दशमीको शुभकामना,’ कमलले फेसबुकमा लेखेका छन् । उनले आफ्नो वैवाहिक कार्यक्रमको भिडियो समेत युट्युबमा सार्वजनिक गरेका छन् ।

    कमल र मेलिनाले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । मेलिना भ्वाइस अफ नेपालको तेस्रो सिजनबाट चर्चामा आएकी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend