logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • बेन्जेमा चुक्दा रियलको विजयी यात्रामा पूर्णविराम

    बेन्जेमा चुक्दा रियलको विजयी यात्रामा पूर्णविराम

    4K
    Shares
    बेन्जेमा चुक्दा रियलको विजयी यात्रामा पूर्णविराम

    काठमाडौं । १० खेलाडीमा सीमित ओसासुनाले साबिक विजेता रियल मड्रिडलाई स्पेनिस ला लिगामा १–१ को बराबरीमा रोक्न सफल भएको छ । करिम बेन्जेमाले पेनाल्टीबाट गोल गर्न चुकेपछि रियलले यो सिजन अंक गुमाएको यो पहिलोपटक हो ।

    खेल १–१ को बराबरीको अवस्थामा रहेका बेला ८० औँ मिनेटमा बेन्जेमाले हानेको पेनाल्टी क्रसबारमा लाग्न पुगेको थियो । पहिलो हाफको अन्त्यतिर भिनिसियस जुनियरले रियललाई खेलमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै किके गार्सियाले खेल बराबरी गरे ।

    डेभिड गार्सियाले बेन्जेमालाई लडाएपछि उनले रातो कार्ड खाँदै मैदान छाड्न परेको थियो । रियलले पेनाल्टी पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । ७ खेलपछि रियल र बार्सिलोनाको समान १९ अंक भए पनि गोलअन्तरको आधारमा बार्सा शीर्ष स्थानमा रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend