logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • गोन्जालोद्वारा फुटबल जीवनबाट सन्यासको घोषणा

    गोन्जालोद्वारा फुटबल जीवनबाट सन्यासको घोषणा

    3.4K
    Shares
    गोन्जालोद्वारा फुटबल जीवनबाट सन्यासको घोषणा

    काठमाडौं । अमेरिकी फुटबल क्लब इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुईनले सन्यासको घोषणा गरेका छन्। उनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन्।

    उनले २०२२ सिजनको अन्त्यपछि फुटबल नखेल्ने घोषणा गरेका हुन्। ३४ वर्षीय उनले चार सिजन युभेन्ट्समा बिताएपछि मियामीमा खेल्न थालेका थिए । सन् २०१६ मा नापोलीबाट युभेन्ट्स पुगेका उनले १४९ खेलमा ६६ गोल गरेका थिए।

    हिगुईनले क्लब फुटबलमा ७ सय बढी खेल खेल्दै ३ सय बढी गोल र १ सय बढी असिस्ट गरेका छन् । अर्जेन्टिनाका लागि उनले ७५ खेलमा ३१ गोल गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend