logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • लेस्टरको पहिलो जित

    लेस्टरको पहिलो जित

    3.3K
    Shares
    लेस्टरको पहिलो जित

    काठमाडौं । लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा यस सिजनको पहिलो जित निकालेको छ । सोमबार राति जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित लेस्टरले नटिङघम फरेस्टलाई ४-० ले निराश पार्‍यो ।

    २५औैं मिनेटमा म्याडिसनको गोलमा लेस्टरले अग्रता लियो । त्यसको दुई मिनेटपछि नै हार्भे ब्रान्सले गरेको गोलमा लेस्टरले अग्रता दोब्बर बनायो ।

    ३५औं मिनेटमा म्याडिसनले लेस्टरको अग्रता ३-० मा पुर्‍याएका थिए । ७३औं मिनेटमा प्याटसन डकाले लेस्टरको लागि चौथो गोल गरेका थिए ।

    आठ खेलमा चार अंकसहित लेस्टर १९औं स्थानमा उक्लिएको छ । समान खेलमा समान चार अंक जोडेको नटिङघम फरेस्ट २०औं स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend