logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • एनआरएनले बिचल्लीमा पार्यो : खेलाडी

    एनआरएनले बिचल्लीमा पार्यो : खेलाडी

    6K
    Shares

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका लागि आएका गैरआवासीय नेपालीको एनआरएनए स्पोर्टस् एकेडेमीका खेलालीले बिचल्लीमा परेको गुनासो गरेका छन् । एकेडेमीका खेलाडी सागर पुन मगरले आफूसहित सात जना खेलाडीलाई अमेरिका फर्कनु पर्ने भए पनि एनआरएनएले बिचल्लीमा पारेको बताए ।

    ‘हामीलाई यहाँ बोलाएर खेल्यौं तर अब हामी फर्कनु पर्ने बेला वास्तै भएन । ७ जना खेलाडी अड्ककिएका छौं । कसैको परीक्षा छ, कसैको काममा जानुपर्नेछ, कोहीको क्रिकेट सेसन सुरु हुँदैछ। आफ्नो कर्मभूमिबाट यहाँ बोलाएर सबै जनालाई यस टिमका जिम्मेवार भनिएकाहरुले बिचल्लीमा पारे’, पुनले भने ।

    खेलाडीको सबै व्यवस्था एकेडेमीबाटै हुने भनिए पनि आउँदा पनि आफैं टिकट लिएर आएको र फर्किंदा पनि टिकट नदिइएको पुनले बताए । खेल जारी रहँदादेखि नै फर्किने टिकटको व्यवस्थापन गरिदिन माग गरे पनि अहिलेसम्म संस्थाले झुलाएको उनको भनाइ छ ।
    एनआरएनएको टोलीले नवौं राष्ट्रिय खेलकुदको विभिन्न खेलमा सहभागिता जनाउँदै छ । अन्य खेलमा सहागी हुने खेलाडीलाई पनि यस्तो समस्या हुनसक्ने भन्दै आफूले समस्या बाहिर ल्याएको पुनले बताए ।

    टिमका धेरै सदस्यहरु आफ्नो व्यक्तिगत खर्चमा नेपाल आएको तर यहाँ केही खर्च समेत नदिएको उनले बताए । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न भइसकेको छ । जसमा एनआरएनले पुरुष क्रिकेटमा पदक जित्न सकेन । एनआरएन पुरुष क्रिकेट अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशसँग पराजित भएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend