logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

    प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

    5.4K
    Shares
    प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

     

    काठमाडौं । प्रतिनिधि र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार छान्न सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । विहीबार विहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

    सोमबार बसेको समितिको बैठक उम्मेदवार छनोटका लागि दुई वटा मापदण्ड बनाएको थियो । उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाएको छ ।

    कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार नबनाउने भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend