logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    सिराहामा जसपाका नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा

    सिराहामा जसपाका नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा

    3.4K
    Shares
    सिराहामा जसपाका नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा

    सिरहा – सिराहामा जनता समाजवादी पार्टी (जसपा)  नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताहरूले सामुहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिषद् सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताहरूले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक  राजीनामा दिएका हुन् ।

    जसपा  प्राइभेट लिमिटेड पार्टीको रुपमा काम गरेकाले सामूहिक राजीनामा दिएको  जसपा नेपालका केन्द्रिय परिषद् सदस्य रामचलितर साहले  बताए । जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिने गरेकोले आफूहरू  बाध्य भएर राजीनामा गर्नुपरेको उनले बताए ।

    जसपाले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर विकास निर्माणको काममा सिराहा शून्य रहेको उनले दुख व्यक्त गरे । पार्टीले मुख्य एजेन्डा छोडेपछि  आफूहरू पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले  बताए।

    सामूहिक राजीनामा दिएका नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य र दोस्रोपटकको स्थानिय तह निर्वाचनमा नगर प्रमुखका प्रत्यासी थिए । सिंहलाई मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ बाट टिकेट दिने भएकोले जसपा परित्याग गरि एमाले प्रवेश गर्ने स्रोतले दाबी गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend