logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • भैरहवाबाट काठमाडौं उडेको बुद्ध एयरको विमान खराब मौसमका कारण जनकपुर पुग्यो

    भैरहवाबाट काठमाडौं उडेको बुद्ध एयरको विमान खराब मौसमका कारण जनकपुर पुग्यो

    4.1K
    Shares

    काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान मौसमको खराबीका कारण जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुर विमानस्थलमा अवतरण गराइएको हो ।

    बिहान सवा ६ बजे उड्नुपर्ने विमान ७ : ३५ मा भैरहवाबाट काठमाडौंका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको हो । त्यसपछि पुन: त्यहाँबाट उडेको विमान १०:२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ ।

    बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend