logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • खराब मौसमका कारण काठमाडौं-पोखराका सबै उडान बिहीबारका लागि रद्द

    खराब मौसमका कारण काठमाडौं-पोखराका सबै उडान बिहीबारका लागि रद्द

    4.1K
    Shares

    काठमाडौं । खराब मौसमका कारण काठमाडौं-पोखराका सबै उडान रद्द भएका छन् । काठमाडौं विमानस्थलसहित नजिकका विमानस्थल निरन्तरको वर्षाका कारण बढी प्रभावित भएको छ । जसले गर्दा भरतपुरका उडानहरु समेत प्रभावित भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

    बुद्ध एयरले बिहीबारका लागि पोखरामा निर्धारित सबै उडान रद्द भएको जानकारी दिएको छ । कम्पनीका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार पोखराबाट काठमाडौं बाहेकका अन्य विमानस्थलमा भइरहेको उडान समेत बिहीबार रद्द हुन पुगेको छ ।

    दशैंमा टिका लगाउन घर गएका मानिसहरु जहाजबाट फर्कनेहरु धेरै भएकाले बाहिरबाट काठमाडौं आउने उडानमा बढी चाप हुन्छ । काठमाडौंबाट बाहिर जाने यात्रुको चाप तुलनात्मक रुपमा कम हुने कर्णले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend