logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • बारा बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो

    बारा बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो

    4.4K
    Shares

    हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ तीन नम्बर पुल नजिक आज बिहान भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १६ पुगेको छ । मृतकमध्ये ९ जनाको सनाखत भएको छ ।

    दुर्घटनामा घाइते भएकाहरुमध्ये उपचारको क्रममा १२ जना हेटौँडा अस्पतालमा, २ जना चुरेहिल अस्पताल, एक जना मकवानपुर सहकारी अस्पताल तथा एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक एवम प्रवक्ता बलराम श्रेष्ठले जानकारी दिए ।

    प्रहरीका अनुसार घाइतेहरु २० जनामध्ये आधा दर्जन बढीको अवस्था चिन्ताजनक छ । हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको वागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend