logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • जिल्लाबाट एकल सिफारिसमा परेका रावलको टिकट केन्द्रबाट खोसियो

    जिल्लाबाट एकल सिफारिसमा परेका रावलको टिकट केन्द्रबाट खोसियो

    43.6K
    Shares
    जिल्लाबाट एकल सिफारिसमा परेका रावलको टिकट केन्द्रबाट खोसियो

    २१ असोज, काठमाडौं । नेकपा एमालेले नेता भीम रावललाई टिकट नदिने भएको छ।

    अछाम–१ बाट एमाले जिल्ला कमिटीको सर्वसहमत रुपमा एकल सिफारिसमा परेका रावलको टिकट एमाले केन्द्रले उनलाई नदिने निर्णय गरेको हो।

    एमाले स्रोतका अनुसार अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ। नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् ।

    एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसै अनुसार, ओलीले टिकट फाइनल गरेका हुन् ।

    रावल दशौँ महाधिबेशनमा एमाले अध्यक्षका लागी उमेद्वारी दिएर ओलीसंग चुनावी प्रतिपर्धा गरेका थिए। नेकपा विभाजनका बेला दशबुँदे सहमति गरी एमालेमै फर्किएका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend