logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको चर्पीमा चिप्लिएर मृत्यु

    एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको चर्पीमा चिप्लिएर मृत्यु

    55.3K
    Shares

    काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा संविधानसभा सदस्य बालकृष्ण ढुंगेललको निधन भएको छ । ढुंगेलको आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा लडेर निधन भएको एमालेका नेता जीवी खड्काले जानकारी दिए ।

    परिवारका सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू उनको निवासमा भेला भएका छन् । शव ट्वाइलेटमै रहेको र प्रहरी पनि बोलाइएको खड्काले बताए । लामो समय जेलमा रहँदा उनलाई ढुंगेल मिर्गौलासहित विभिन्न रोगबाट पीडित थिए । नेकपाको एकता भंग हुँदा उनी माओवादीमा नगएर एमालेमा नै बसेका थिए ।

    ढुंगेल पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् भएका थिए । उनलाई २०६६ सालमा सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय दिएको थियो । त्यतिबेला सर्वोच्चले जिल्ला अदालतकै फैसला सदर गरेको हो ।

    सर्वोच्चबाट जन्मकैदको फैसला भए पनि उनले २०७४ सालमा आम माफी पाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend