पोखरा । नेपाली कांग्रेस स्याङजाका सभापति तथा संविधानसभा सदस्य राजु थापाले प्रतिनिधिसभा सदस्यका लागि स्याङजा क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर थापा सहित स्याङजा १ को क मा निवर्तमान प्रदेशमन्त्री मेखलाल श्रेष्ठ र ख मा कुमार रानाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्ता गठबन्धनले केन्द्रबाट गठबन्धनका उम्मेदवार तोकेर पठाएको थियो । तर स्याङजा कांग्रेसले यसको चर्को विरोध गरेपछि अन्ततः स्याङजामा एक्लाएक्लै निर्वाचन लडने सहमति भएको हो ।
गठबन्धन अनुसार स्याङजा १ को प्रदेश क माओवादीलाई दिने भनिएको थियो ।