logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • ‘धागो-सम्बन्धको’ गीती एल्बम एसडी योगी र सुवानी मोक्तान आवाजमा सार्वजनिक (भिडिओ)

    ‘धागो-सम्बन्धको’ गीती एल्बम एसडी योगी र सुवानी मोक्तान आवाजमा सार्वजनिक (भिडिओ)

    5.5K
    SHARES
    ‘धागो-सम्बन्धको’ गीती एल्बम एसडी योगी र सुवानी मोक्तान  आवाजमा सार्वजनिक (भिडिओ)

    काठमाडौँ – आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ।

    आइतबार ‘धागो-सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको हो। एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुशान्त गाैतमको संगीत रहेको छ।दसैँ र तिहारको परिवेशमा खिचिएको गीत सत्य घटनामा आधारित छ।

    दसैँ र तिहारकै परिवेशमा एक परिवारले फरक समयमा दुई सदस्यलाई गुमाएको कथा गीतमा देखाइएको छ।गीतको भिडिओमा सिर्जना अधिकारी, हर्क साउद, सुक्रिया खत्री, निराजन कार्की, लिजा कार्की, कस्मित बराइली अभिनय छ।

    नविन चौहानको निर्देशन तथा कन्सेप्टमा तयार भएको गीतलाई संगीता कार्कीले निर्माण गरेकी हुन्। सौरभ लामाले छायांकन गरेको गीतलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन्।

    यसअघि आर्टमाण्डुले ‘के माया लाग्छ र?’, ‘तीनपाते’ जस्ता गीत ल्याएको छ।

    भिडीओ सहित 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend