logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • तस्बिरमा हेर्नुहोस् सिंहदरबारको बिजोग (फोटोफिचर)

    तस्बिरमा हेर्नुहोस् सिंहदरबारको बिजोग (फोटोफिचर)

    5.9K
    Shares
    तस्बिरमा हेर्नुहोस् सिंहदरबारको बिजोग (फोटोफिचर)

    काठमाडौं । हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ । बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरु फेरिन सकेका छैनन् । न काम गर्ने शैली फेरिएको छ, न त त्यसको इतिहास बचाउन कसैको ध्यान पुगेको नै छ । वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरुको अझै पुनःनिर्माण राम्रोसँग सकिएको छैन ।

    नेपालको इतिहास झल्काउने राजामहाराजाको फोटो, सालिक, मूर्तीहरु फालिएको अवस्थामा छन् । केही ठाउँमा पानी चुहिएर अवस्था बेहाल छ । गृह मन्त्रालयले यसको संरक्षण दायित्व लिएको छ भने सिंहदरबारलाई सफा राख्ने काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ । सिंहदरबार पुनर्निर्माण आयोजनाले यहाँ भवन बनाउने काम गर्छ । तर आश्चर्य यी तीन निकायबीच समन्वय हुन नसक्दा पुनःनिर्माणले गति लिन सकेको छैन । सिंहदरबार भित्र जो कोही सर्वसाधारण जनता पस्न पाउँदैन । पावर र पास बिना सिंहदरबार छिर्ने कल्पनासमेत गर्न सकिँदैन । अधिकांश सर्वसाधारण जनताले सिंहदरबार कस्तो छ भन्नेकुरा पत्तै पाएका छैनन् ।

    प्रधानमन्त्री, मन्त्रीहरुको कार्यालय रहेको ठाउँ आम सर्वसाधारणको नजरमा सुविधासम्पन्न र नमूना होला भन्ने लाग्छ नै । तर सोचजस्तो छैन सिंहदरबार । त्यहाँ भित्रका दृश्यहरु अव्यवस्थित छन् । सडकको नजिक खाल्डो, फोहोरको थुप्रो, पोखरीहरुमा पोहोर, कुकुरका हुल जताततै देख्न सकिन्छ । नयाँ, पुराना सवारीसाधन त्यत्तिकै बेवारिसे फालिएको छ, कार्यालय वरपर झाडीले ढाकेको छ तर सफा गर्न कोही अघि सर्दैनन् । मन नै कटक्क खाने नयाँ र पुराना बहुमूल्य सवारीसाधनहरु त्यत्तिकै मिल्काइएको छ । यो बहुमूल्य सम्पदा जोगाउने एजेण्डा कोहीसँग छैन ।

    सडक सम्याउने, बढार्नेमा केन्द्रित सरोकारवालाहरु सिंहदरबारको मुटु जोगाउने एजेण्डामा बेखबर छन् । यसतर्फ कसैको ध्यान नजाने हो भने इतिहासको एउटा पाटो समाप्त हुनबाट कसैले रोक्नेछैन ।

    भुकम्पले भत्काएको पर्खाल ।
    गृह मन्त्रालय अगाडिको झाडी ।
    अलपत्र र विग्रेको अवस्थामा ट्राफिक बोर्ड ।
    बगैचामा सुकेर मरेको धुपी ।
    au}rfdf eTsfP/ cnkq 5f]l8Psf] ;+/rgf .
    फोहोर पोखरी ।
    सडकमै सुतेका कुकुर ।
    सिंहदरवारको पुर्वी ढोका नजिक सडक किनारामा खनेर छोडिएको खाडल ।
    पुरानो संसद भवनमा राखिएको खतराको बोर्ड ।
    एक क्याण्टिन अगाडि राखिएको पुराना कागजात ।
    kfls{ªdf k’/fgf df]6/;fOsn / kmf]xf]/sf] 8+u’/ .
    फुटपाथको बाटोमा भुमिगत विद्युतीय तार र ट्राफिकको बोर्डलगायत अवरोध ।
    पुराना सरसामान र गाडी ।
    गृह मन्त्रालयको पुरानो भवनअगाडिको सडक ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend