logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • के क्षेत्र नं २ काठमाण्डौको चुनावी केन्द्रबिन्दु नै हो त ?

    के क्षेत्र नं २ काठमाण्डौको चुनावी केन्द्रबिन्दु नै हो त ?

    5K
    Shares
    के क्षेत्र नं २ काठमाण्डौको चुनावी केन्द्रबिन्दु नै हो त ?

    काठमाडौं । यतिबेला मुलुकमा निर्वाचनको माहोल तातिएको छ । हरेक पार्टीका आफ्ना उम्मेदवारलाई जिताउन लागिरहेका छन भने उम्मेदवारहरु पनि आआफ्नातर्फबाट सक्रिय भूमिका खेलिरहेका छन् । अब चुनाव आउन १२ दिन बाँकी छ । काठमाडौं क्षेत्र नं २ मा राप्रपाकी कुन्ती पोख्रेलको कारण चुनावी महोल तातिएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य तथा राप्रपा केन्द्रय सदस्य कुन्ती पोख्रेलले बेला बेलामा दिइरहेका लोकप्रिय अभिव्यक्तिहरुले यो पटक मिडियाहरुमा स्थान पाइरहेका छन् । उनले केही समय अगाडि ‘पूर्वप्रधानमन्त्रिहरु मसँग चुुनाव लड्न आए, ठाडै हराइदिन्छु, भनेर दिएको अभिव्यक्ति तथा खेलकुुद, कलाकार, लेखक साहित्यकारलाई पेन्सनको सुुविधा दिन संसदमा आवाज उठाउछु भनेको हिसावले पनि चर्चामा छिन् ।

    उनले दिएको धर्म संस्कृति, भाषा तथा भेषभुुषालाई संरक्षण गरी नेपालको मौलिकतालाई विकास गर्ने उद्देश्यले दिएको भाषणहरु किन नहोस् यी सबै कारणले पनि उनी चर्चामा छिन् । यतिबेला आममतदाताको विचमा उनको लोकप्रियता ह्वात्तै बढेको छ । उता पूर्वसभामुखसमेत रहेकी नेकपा माओबादी र गठबन्धनकी साझा उम्मेदवार ओमसरी घर्ती भएको कारणले पनि काठमाडौंका अन्यको तुलनामा यो क्षेत्रले चर्चा पाएको हो । तत्कालीन संविधान सभाको चुनावको समयमा यो क्षेत्र मा माओवादीबाट झक्कुप्रसाद सुवेदीले चुनाव जितेका थिए । उनले यो क्षेत्रमा माखोसमेत नमारेको यहाँका मानिसहरु बताउँछन् । त्यसपछि यहीं क्षेत्रबाट माधवकुुमार नेपालले चुनाव जिते तर उनी झन् यो क्षेत्रमा फर्केर नआएको यहाँका जनताहरु बताउँछन् ।

    कतिपय स्थानीयले यो क्षेत्रमा चुनाव लड्नेहरु प्रधानमन्त्री भए तर चुनाव जितेपछि फर्केर नआएको बताउँछन् । हरेक चुनावमा उम्मेदवारहरुले चुनतालाई विकासका ठूला–ठूला सपाना देखाए, समृद्धिको सपाना देखाए तर तिनीहरु नै ससंदमा पुुगेर विदेशीको गुलाम बनेको सर्वबितितै छ । ससंदलाई विदेशीका एजेन्डा पास गर्ने थलो बनाइएको छ । यो पटक माओवादीको दशैभरि सगंठन कमजोर रहेको अवस्थामा तथा झक्कुप्रसाद सुवेदीले यस क्षेत्रमा धोका दिएर जनता बिच्किएका कारण ओनसरी घर्तीलाई यस क्षेत्रमा चुनाव जित्न फलामको चिउरा साबित हुने स्थानीयको बुझाइ छ । पछिल्ला दिनमा माओवादी अध्यक्षको परिवारमोहका कारण पनि कतिपय स्थानमा माओवादी उम्मेदवारहरुलाई समस्या छ भन्ने प्रकारको आँकलनहरु यहाँका जनताले गरिरहेका छन् ।

    पछिल्लो समय नेताहरुले आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रमा जान,े आफ्नो क्षेत्रमा बोलेको कुरा पुरा नगर्नेे प्रवृतिको कारण पनि कतिपय समस्या पर्ने छ भने यो क्षेत्रमा पनि ओमसरि घर्तिलाई सोही प्रकारको समस्या पर्ने निश्चित जस्तै छ । यो क्षेत्रमा कुन्ती पोख्रेलको जितका लागि आधार खडा भएको भनेको नेपाली काँङग्रेस र आममतदाताले विद्रोह गरी ‘हलो’मा भोट हाल्ने निश्चित भएकाले नै हो । उता धर्म निरपेक्षताको कट्टर पक्षधर ओनसरी माओवादी नेतृ ओनसरी घर्तीलाई हिन्दू धर्म मान्नेहरु ९० प्रतिशतले भोट दिदैनन् । अझ हिन्दू धर्म र राजतन्त्रको एजेन्डाले भोटरहरु ‘हलो’को पक्षमा बढी मत जाने आँकलन पनि गरिएको छ ।

    शखंरापुर नगरपालिकामा राप्रपा बलियो छ ।कागेश्वरी मनोहरामा राप्रपाको संगठन पछिल्लो समय बलियो भएर आएको छ । काठमाडौं महानगरको ९ र ३२ मा उनको पछिल्लो उपस्थित मजबुत रहको बताइन्छ । स्वयम कुन्ती पोख्रेलको व्यक्तित्व तथा उनी सफल उद्यमी भएका कारणले पनि यो पटक उनले चुनाव जित्ने सम्भावना प्रवल रहेको बताइन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend