काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाअनुसार नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ५५ जना पुगेको छ । साथै, हालसम्म डेंगुबाट सङ्क्रमण हुनेको संख्या ५० हजार २६३ पुगिसकेको छ ।
यस वर्ष मनसुन लामो समय रहेकाले डेंगु संक्रमण मंसिर अन्तिमसम्म नै फैलिन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।