हेटौंडा । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि हातपात भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो । उनी मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।
उनलाई मत माग्न जाँदा एक स्थानीयले हातपात गरेका हुन् । उनलाई पुरुषोत्तम खड्काले झापड हानेको स्थानीयले बताएका छन् । खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend