logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • डा. बुद्धिमान श्रेष्ठलाई नै भोट किन ?

    डा. बुद्धिमान श्रेष्ठलाई नै भोट किन ?

    14.7K
    Shares

    • सूर्यप्रसाद गैरे ‘पारस’

    मुलुक र हाम्रो आगामी ५ वर्षको भविष्यसँग जोडिएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य छनोट गर्ने मंसिर ४ गते आउन अब केही दिन मात्रै बाँकी छ । परिवार, गाउँ, टोल लगायत सम्पूर्ण क्षेत्र चुनावमय बनेको छ । कुन तहको लागि कुन जनप्रतिनिधिलाई बिजय गराउने ? किन गराउने ? जस्ता विषयहरुले यतिबेला छलफलको लागि प्राथमिकता पाएका छन् । यो छोटो आलेखमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ अन्तर्गत हुने चुनावी प्रतिस्पर्धासँग जोडेर एकजना उम्मेदवारको विषयमा केही चर्चा गर्न खोजिएको छ ।

    गण्डकी प्रदेशसभा सदस्यको लागि स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा मुख्य राजनीतिक दलहरुमध्ये नेकपा (एमाले)को तर्फबाट डा.बुद्धिमान श्रेष्ठ र नेपाली कांग्रेसको तर्फबाट महेश भट्टराई चुनावी मैदानमा हुनुहुन्छ । कुनैपनि कुराको सहि समयमा सही ढंगले चर्चा वा छलफल गर्नु अवश्य पनि सान्दर्भिक हुन्छ । हामीले गण्डकी प्रदेश सभा सदस्यको लागि उम्मेदवार उठेका डा. बुद्धिमान श्रेष्ठलाई कसरी चिन्छौं ? वास्तवमा उहाँ को हुनुहुन्छ ? उहाँलाई जनप्रतिनिधिको रुपमा अगाडि बढाउँदा यस क्षेत्रको निम्ति राजनीतिक तथा सामाजिक रुपमा कस्तो योगदान पुर्याउन सक्नुहुन्छ ? हामीले उहाँलाई किन निर्वाचित गर्ने ?

    ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं काम गर्ने वा क्षमता भएको मानिसलाई पद वा प्रतिष्ठा त चाहिँदैन । तर, क्षमता भएको मानिसलाई पद वा प्रतिष्ठाको पगरी लगाउने विषयले भने सुनमा सुगन्ध थप्ने काम गर्छ । डा. बुद्धिमान श्रेष्ठ व्यक्तिगत रुपमा एउटा सफल व्यवसायी तथा सामाजिक तथा आर्थिक विकास सम्बन्धी स्पष्ट दृष्टिकोण भएका व्यक्तिको रुपमा लामो समयदेखि परिचित हुँदै आउनुभएको छ । आफ्नो व्यक्तिगत व्यवसायका बाबजुद स्याङ्जा जिल्लाको विकासका निम्ति श्रेष्ठले उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ, जुन विषयमा हामी सबै स्याङ्जाली परिचित छौं ।

    श्रेष्ठले राजनीतिक हिसाबले पनि एमालेको संगठित प्रकृयामा आवद्ध भएर लामो समयदेखि योगदान गर्दै आउनुभएको छ । राजनीतिक ज्ञान र अनुभवको आधारमा नीति तथा योजना निर्माण र व्यवस्थापनमा अब्बल भूमिका निर्वाह गर्नसक्ने हैसियत उहाँले राख्नुहुन्छ ।

    स्याङ्जाको दक्षीणी भेग पुरानो राज्यव्यवस्था संरचनामा पनि हरेक हिसाबले पछाडि पर्दै आएको क्षेत्र हो । श्रेष्ठले सो क्षेत्रलाई राष्ट्रिय रुपमा परिचित बनाउन र पर्यटन विकासको सम्भावनालाई सतहमा ल्याउनको लागि पहिलो पटक राष्ट्रिय नदी महोत्सव आयोजना गर्ने विषयको पहल गर्नुभयोे । जसले गर्दा देश विदेशका लगानीकर्ताहरुले सो क्षेत्रलाई विभिन्न समयमा सर्वेक्षण गर्ने र विकासको पोटेन्सियल भएको क्षेत्रको रुपमा चित्रित गरेको पाइन्छ ।

    श्रेष्ठले आफ्नो व्यवसायकै योगदानमा स्याङ्जा जिल्ला ग्रामिण क्षेत्रका जनसमुदायलाई लक्षित गरेर धेरैपटक स्वास्थ्य शिविरहरुको आयोजना गर्नुभएको छ । जसबाट हजारौं जनसमूदायले स्वास्थ्यको फाइदा लिने अवसर प्राप्त गर्नुभएको छ । स्वास्थ्य शिविरको मात्रै विषय नभएर सो स्याङ्जाका दक्षीणी भेगका स्वास्थ्य चौकी र अस्पतालहरुको स्तरउन्नतीको लागि राष्ट्रिय स्तरबाट पहल गर्ने विषयमा श्रेष्ठले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । त्यस्तै उहाँले कान्तिपुर डेन्टल कलेजको जनशक्ति व्यवस्थापनमा गल्याङ नगर अस्पतालमा दन्त विभागको स्थापना पहल गरी सो क्षेत्रका बासिन्दाको उपचारमा ठूलो सेवा पुर्याउनुभएको छ । विशेषतः उहाँले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य क्षेत्र निर्माणको लागि लामो समयदेखि वकालत गर्दै आउनुभएको छ ।

    आफू राज्य वा राजनीतिको विशेष जिम्मेवारीमा नरहँदा पनि श्रेष्ठले स्याङ्जाको दक्षिणी भेगको शैक्षिक क्षेत्रको विकासका लागि निकै महत्वपूर्ण पहल गर्नुभएको विषयमा हामी सबै जानकार छौं । चापाकोटमा प्राविधिक शिक्षालयको स्थापना गर्न र सो क्षेत्रका विद्यालयहरुको निरन्तर स्तरवृद्धि गर्न उहाँले निकै पहल गरिरहनुभएको छ ।

    हिन्दुहरुको महत्वपूर्ण तिर्थस्थल तथा पर्यटन विकासको ठूलो सम्भावना बोकेको राम्दीधामको गुरुयोजना निर्माणको पहल श्रेष्ठले नै गरेर अब सो क्षेत्रमा रणनीतिक योजनाकासाथ दिगो विकासको प्रारम्भ हुन शुरु भएको छ । पर्यटन वातावरणको संरक्षण र पर्यटनको क्षेत्रमा निकै रुची राखेर अध्ययन गर्ने स्वभाव भएका श्रेष्ठले स्याङ्जाको पर्यटन विकासमा नीतिगत र योजना निर्माण गर्ने कुरामा क्षमता राख्नुहुन्छ ।

    त्यस्तै गल्याङ–चापाकोट सडक लगायत सो क्षेत्रका सडकहरुको स्तरोन्नती, विभिन्न सामूदायिक भवन, र सामाजिक विकासका कार्यक्रममा उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको कुरा उहाँको कामले नै पदर्शन गरेको छ ।

    स्याङ्जामा जन्मिएर राष्ट्रिय स्तरमा नै ख्याती कमाउनुभएका डा. बुद्धिमानले मातृृभूमिका लागि स्वस्थ्य, पर्यटनदेखि सामाजिक क्षेत्रमा तिर्नै नसकिने गुन लगाउनुभएको छ ।

    राजनीतिक रुपमा कार्यकारी नेतृत्वमा नरहेर र सत्ताको बागडोरमा नबसेर पनि उम्मेदवार श्रेष्ठले स्याङ्जाको सर्वाङ्गीण विकासमा ठूलो योगदान पुर्‍याउनुभएको छ । अब उहाँजस्तो क्षमतावान व्यक्तिलाई राज्यसत्ताको नीति निर्माण तथा योजना निर्माण तहमा पुर्‍याउने अवसर प्राप्त भएको छ । अवश्य पनि हामीलाई हाम्रो क्षेत्रको विकाससँग असाध्यै चासो र चिन्ता छ । हामी अहिलेसम्म निकै पछाडि पर्‍यौं । अब हामीले हाम्रो क्षेत्रको विकाससँग राजनीतिक रुपमा सम्झौता गर्नुहुँदैन । अवसरहरु फेरि–फेरि पनि आउन सक्छन् तर युग नै बित्न सक्छ । त्यसैले अहिल्यै नै हामीले सही ढंगले सोचौं । विकास हाम्रै पालामा हुनुपर्छ । त्यसैले मंसिर ४ को चुनावमा सही दृष्टिकोण, क्षमता, अनुभव र सो क्षेत्रलाई प्रगाढ माया गर्ने उम्मेदवार बुद्धिमान श्रेष्ठलाई बिजय गराउने विषयमा छलफल र सहकार्य गरौं ।

    – लेखक गैरे नेकपा (एमाले) स्याङ्जाका जिल्ला अध्यक्ष हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend