logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अल्का अस्पतालमा सोमवार मधुमेह सम्बन्धी निःशुल्क शिविर

    अल्का अस्पतालमा सोमवार मधुमेह सम्बन्धी निःशुल्क शिविर

    2.1K
    Shares
    अल्का अस्पतालमा सोमवार मधुमेह सम्बन्धी निःशुल्क शिविर

    काठमाडौं । अल्का अस्पतालले कार्तिक २८ गते सोमवार मधुमेह रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
    अस्पतालले गत वर्ष झैँ यस वर्ष पनि वृहत मधुमेह रोग सम्बन्धी वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

    स्वास्थ्य शिविरबाट अस्पतालले २०० जना बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । अस्पतालले शिविर सञ्चालनको दिन मधुमेह सम्बन्धी आवश्यक औषधि वितरण १० दिन सम्मको लागि निःशुल्क गर्ने अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए ।

    उनले शिविरमा निःशुल्क एचबीएवानसी, पीपी फास्टिङ र ¥यान्डम ब्लड सुगर परीक्षण हुने बताए । शिविरमा सहभागी हुन अग्रिम नाम दर्ता गर्नुपर्ने र नाम दर्ता कार्तिक २४ गतेबाट शुरु भइ कार्तिक २७ गतेसम्म बिहान ७ बजेदेखि ५ बजेसम्म अल्का अस्पतालको फोन नम्बर ०१५४५५५५५ मा आफ्नो नाम लेखाउनुपर्ने छ ।

    केसीले भने, ‘विश्व मधुमेह दिवस २०२२ नोभेम्बर १४ को अवसरमा अल्का अस्पतालले कार्तिक २८ गते सोमवार मधुमेह रोग सम्बन्धी वृहत स्वास्थ्य शिविर कार्यक्रम गर्दैछ । यस अवसरमा अस्पतालले २०० जना बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्दैछ । सो दिन हामीले आवश्यक औषधि वितरण १० दिन सम्मको लागि निःशुल्क गर्दछौँ ।’

    अस्पतालले विश्व मधुमेह दिवस २०२२ (नोभेम्बर १४) को अवसरमा वरिष्ठ मधुमेह रोग विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण गर्ने बताएको छ । अस्पतालले शिविरमा मधुमेह रोगका बिरामीहरु मात्रै सहभागी हुन पनि आग्रह गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend