logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • गुल्मी–१ ज्ञवाली भर्सेस भण्डारी, कसको आधार बलियो ?

    गुल्मी–१ ज्ञवाली भर्सेस भण्डारी, कसको आधार बलियो ?

    37K
    Shares
    गुल्मी–१ ज्ञवाली भर्सेस भण्डारी, कसको आधार बलियो ?

    काठमाडौं । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख २३ हजार छ सय १५ मध्ये यहाँ एक लाख १९ हजार दुई सय ८८ मतदाता रहेका जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिए ।

    क्षेत्र नं १ प्रदेशसभा (क) मा ५७ हजार पाँच सय ७९ र प्रदेशसभा ९ख० मा ६१ हजार सात सय नौ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा तीनमा नेपाली कांग्रेस, दुईमा नेकपा (माओवादी केन्द्र) र दुईमा एमाले विजयी भएको थियो । रेसुङ्गाको प्रमुख र उपप्रमुख, गुल्मी दरबारको अध्यक्ष र उपाध्यक्ष, कालीगण्डकीको अध्यक्ष र चन्द्रकोटको उपाध्यक्ष कांग्रेसले जितेको थियो । छत्रकोटको अध्यक्ष र उपाध्यक्ष, सत्यवतीको अध्यक्ष र उपाध्यक्ष तथा रुरुक्षेत्रको उपाध्यक्षमा एमाले विजयी भएको थियो । रुरु क्षेत्रको अध्यक्ष, चन्द्रकोटको अध्यक्ष र कालीगण्डकीको उपाध्यक्षमा माओवादी केन्द्रले जितेको थियो ।

    यहाँ ५० वडा छन् । तेइस वडाध्यक्षमा एमाले, २२ मा कांग्रेस र तीनमा माओवादी केन्द्र विजयी भएको थियो । राष्ट्रिय जनमोर्चा र स्वतन्त्र एक एकवटामा विजयी भएका थिए । सत्ता गठबन्धनका २७ रनेकपा एमालेका २३ छन् ।

    यहाँ गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतको आधारमा कांग्रेससहितको गठबन्धनको ३८ हजार सात सय ६२ मत छ । एमालेसहितको गठबन्धनको ३५ हजार आठ सय ८५ छ । जसमा एमालेभन्दा कांग्रेस गठबन्धन दुई हजार आठ सय ७७मतले अगाडि छ । यहाँ मुख्य कांग्रेसका डा चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ । वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसकेमा कांग्रेसका भण्डारीलाई निकै सहज छ । ठूलो दल कांग्रेसबाट भण्डारी उम्मेदवार रहेकाले माओवादी, एकीकृत समाजवादी र जनमोर्चाले भण्डारीकै पक्षमा मत खसाल्न सहज छ तर एमालेले जित निकाल्नका लागि सत्तारुढ गठबन्धनको मत तान्न सक्नुपर्छ । जुन सम्भव नहुन पनि सक्छ । अघिल्लो पटकको सङ्घीय निर्वाचनमा माओवादीको साथ पाएर सहज जित निकालेका ज्ञवालीलाई अहिले माओवादी–कांग्रेससँगै रहेकाले अझ बढी चुनौती छ ।

    यस क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेससहित सत्तारुढ गठबन्धनको १८ हजार दुई सय ९५ मत छ । एमाले र राप्रपा गठबन्धनको १६ हजार पाँच सय ५४ छ । एमालेसहितको गठबन्धनभन्दा कांग्रेससहितको सत्तारुढ गठबन्धन एक हजार सात सय ४१ मतले अगाडि छ । यहाँ मुख्य गरी माओेवादीका सुदर्शन बलाल र एमाले चिन्तामणि पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । यसमा कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु क्षेत्रका २, ५ र छ वडा पर्दछन् । यहाँ २६ वडा छन् । एमालेबाट १२ निर्वाचित वडाध्यक्ष छन् । कांग्रेसबाट निर्वाचित नौ छन् । माओवादीबाट तीन वडाध्यक्ष छन् । जनमोर्चाबाट एकर स्वतन्त्र एक छन् । यहाँ एक स्वतन्त्र वडाध्यक्ष कांग्रेसमै रहेकाले सत्तारुढ गठबन्धनका १४ र एमालेका १२ वडाध्यक्ष छन् ।

    यहाँ माओवादी केन्द्रका बलाललाई सहज जित निकाल्न वडाध्यक्षले पाएको मत कायम राख्नुपर्ने चुनौती छ । कांग्रेसको पूर्ण साथसमेत आवश्यक छ । एमालेका पाण्डेलाई जित निकाल्न चुनौती छ । आफ्नो जितका लागि दलको मत सुरक्षित गर्दै गठबन्धनको मत पनि तान्न आवश्यक छ । जुन उहाँका लागि चुनौती बन्न सक्छ ।

    यस क्षेत्रको प्रदेशसभा (२) मा कांग्रेससहित सत्तारुढ गठबन्धनको २० हजार चार सय ६७ मत छ । एमाले र राप्रपा गठबन्धनको १९ हजार तीन सय ३१ छ । जसमा एमालेभन्दा कांग्रेससहितको गठबन्धन एक हजार एक सय ३६ मतले अगाडि छ । यहाँ मुख्य गरी सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका धनेन्द्र कार्की र एमालेका फर्सुराम पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । यसमा गुल्मीदरबार, छत्रकोट, रुरु क्षेत्रका १, ३ र ४ र रेसुङ्गा नगरपालिकाका ७ देखि १४ सम्मका आठ वडा पर्दछन् । यहाँ २४ वडा छन् । जसमध्ये कांग्रेसबाट निर्वाचित १३ वडाध्यक्ष छन् । एमालेबाट ११ छन् । यसरी हेर्दा यहाँ कांग्रससहितको गठबन्धनका १३ र एमालेसहितको गठबन्धनका ११ वडाध्यक्ष छन् ।

    गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेसका कार्कीलाई जित निकाल्न सहज छ । उनलाई उक्त मत जोगाउन आवश्यक छ । प्रतिस्पर्धी पाण्डेले जितका लागि वडाध्यक्षमा पाएको मत सुरक्षित राखेर सत्तारुढ गठबन्धनको मतसमेत तान्न आवश्यक छ । जुन सम्भव नहुन पनि सक्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend