logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • दुईवर्षमा कपनको खहरे समाधान गर्न नसके फेरि मत माग्न आउदिनँः गगन थापा

    दुईवर्षमा कपनको खहरे समाधान गर्न नसके फेरि मत माग्न आउदिनँः गगन थापा

    8.7K
    Shares
    दुईवर्षमा कपनको खहरे समाधान गर्न नसके फेरि मत माग्न आउदिनँः गगन थापा

     

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले कपनमा खहरेको समस्या दुई वर्षमा समाधान नगरे पुनः मत माग्न नआउने बताएका छन् । बुढानीलकण्ठको वडा नम्बर १० मा घरदैलो प्रचारको क्रममा उनले मतदातासँग यस्तो बताएका हुन् ।

    ‘दुई वर्ष भित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्कोपटक तपाईंहरुको वीचमा मत माग्न आउँदैनौं,’ थापाले भने । घर अगाडिको ढल र फोहोर मात्रै नभएर देशकै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्य सहित मत माग्न आएको उनले बताए ।

    सामान्य वर्षा हुँदा समेत काठमाडौंको कपन क्षेत्रमा बाढी आउँछ । वर्षातको समयमा कपन बाढीले स्थानीयलाई सास्ति पु¥याइरहेको छ । बुढानीलकण्ठ वडा नम्बर ११ र त्यसै पालिकाको वडा नम्बर १२ हुँदै वडा नम्बर १० तिर यो बग्छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend