काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको डोटी पुगेर पश्चिम सेती निर्माण गर्ने आश्वासन दिएका छन् । शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न दिपायल पुगेका ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले विगतमा विविध कारणले सम्भव नभएको तर अब एमालेको सरकार निर्वाचनपछि बन्ने र उक्त सरकारले आयोजना बनाएरै छाड्ने बनाउने आश्वासन दिए ।
‘पश्चिम सेती निर्माण गरेर छोडिन्छ’, उनले भने, ‘विगतमा सम्भव भएन तर अब यो निर्माण हुन्छ।’ उनले यो ठाउँले नयाँ विकासको मार्ग लिने दाबी गरे।
सिलगढीमा रहेको इञ्जिनियरिङ कलेजसहित अन्य स्थानमा प्राविधिक शिक्षालय डोटीमा स्थापना गर्ने दाबी गरे।