logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • गोरखामा एमालेका नेतामाथि आक्रमण

    गोरखामा एमालेका नेतामाथि आक्रमण

    3K
    Shares
    गोरखामा एमालेका नेतामाथि आक्रमण

    काठमाडौं । गोरखामा एक जना एमालेका नेतामाथि आक्रमण भएको छ । पालुङटार नगरपालिका–७ स्थित एक रिसोर्टमा आइतबार राति ११ बजे खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि आक्रमण भएको हो ।

    खाना खान रिसोर्टमा गएका काफ्लेलाई त्यही रहेका युवाको समूहले आक्रमण गरेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । काफ्लेको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

    आक्रमण गरेको आरोपमा तनहुँका अजित पन्त र राम थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend