काठमाडौं । मंगलबार सेयर बजार ओरालो लागेको छ। आज बजार ६।५९ अंकले घटेको छ । योसँगै नेप्से परिसूचक १८९७.८६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.३३ अंकले घटेर ३७३.७१ को विन्दुमा ओर्लेको छ। कारोबार रकम १ अर्ब रुपैयाँ बढीको भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। आज व्यापार समूह सर्वाधिक ०.३० प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ०.०९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०८ प्रतिशतको बढोत्तरी भएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका २७ लाख ४५ हजार १०९ कित्ता सेयर किनबेचबाट १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँकाे कारोबार भएको छ। आज हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
नेप्से परिसुचक सोमबार २१.२६ अंकले बढेको थियो । नेप्सेमा स्थिरता नआउँदा लगानीकर्ता निरास हुँदै गएका छन् । चुनावी माहोल सुरु भएसँग बजार माथि जाने लगानीकर्ताको अपेक्षा थियो । तर लगानीकर्ताले सोचे अनुसार बजार अघि बढ्न सकेको छैन ।