logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • देवी ज्ञवाली भन्छन्ः मैंले जिते चितवनले मुख्यमन्त्री पाउँछ (अन्तर्वार्ता)

    देवी ज्ञवाली भन्छन्ः मैंले जिते चितवनले मुख्यमन्त्री पाउँछ (अन्तर्वार्ता)

    5.9K
    Shares
    देवी ज्ञवाली भन्छन्ः मैंले जिते चितवनले मुख्यमन्त्री पाउँछ (अन्तर्वार्ता)

    चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिट्ब्यूरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली संघिय सांसद उठ्न चाहान्थे । एमाले सांसद कृष्णभक्त पोखरेलसँगै ज्ञवालीको पनि नाम चितवन क्षेत्र नं. २ बाट सिफारिस भयो । तर, ज्ञवाली प्रदेशमा उठ्न राजी भए, निर्वाचन जितेर जाँदा मुख्यमन्त्री पाउने गरी । २०७४ सालमा भरतपुर महानगरपालिकाको मेयर तथा २०६४ मा भएको संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट पराजित भए । उनकै ज्ञवाली यसपटक पराजयको श्रृखलालाई रोकेर जितको खोजीमा छन् । क्षेत्र नं. २ को प्रदेश क्षेत्र (ख) बाट एमाले उम्मेदवार रहेका ज्ञवालीका लागि यसपटक सत्ता गठवन्धनका उम्मेदवार उत्तम जोशीको चुनौती सामाना गर्नुपर्ने अवस्था छ । जोशी कांग्रेस चितवनका पूर्व जिल्ला सचिव हुन् । जिल्लाको तुलनात्मक रुपमा सुगम र सहज भूगोल यो प्रदेश क्षेत्रमा रहेको छ । यो प्रदेश क्षेत्र (ख) मा भरतपुर महानगरपालिकाका ७ वडाहरु वडा नं. २, ४,५,७, १०,११ र १२ पर्दछन् । यहाँ ६२ हजार २४२ मतदाता छन् । निर्वाचन जिते बागमती प्रदेशको मुख्यमन्त्री हुने उनको योजना छ । प्रस्तुत छ ज्ञवालीसँग गरिएको कुराकानी…….

    तपाईको चुनावी अभियान कहाँ पुग्यो ?
    अब अन्तिमतिर छौं । सबै जनताको घर घरमा चोक चोकमा, विभिन्न सञ्जालहरुको माध्यमबाट जनतासँग भोट मागेको छु । उहाँहरुले पनि मत दिने भन्नुभएको छ । उत्साही छु, यसपटक ।
    तपाई २०७४ मा भरतपुर महानगरको मेयर र २०६४ मा संविधानसभा सदस्यमा पराजित हुनु भयो ?

    यसपटक जित्ने आधार के छ ?
    जनतालाई थाहा छ की हामीले दिएको मत देवी ज्ञवालीलाई पुगेन र पराजय भोग्नुप¥यो भन्ने । मलाई २०७४ सालमा त माओवादीहरुले मतपत्र च्याँतेर जनमतको हत्या गरेर पराजय गराईएको हो । मलाई जनताले हराएका हैनन् । २०६४ मा माओवादीको देशब्यापी आएको माहोलले गर्दा पराजय भयो । तर, यसपटक मलाई जनताले जिताउनुहुन्छ । नपुगेको मत पु¥याएर कसैले हराउन नसक्ने गरी मत दिनुहुन्छ । मेरो जितको आधार भनेको मेरो राजनीति प्रतिको निरन्तरता हो । जनताको विश्वास हो । मैंले मेरो जीवन नै जनताका लागि सर्मपित गरेको छु । यहाँको राजनीतिक, सामाजिक परिवर्तन र विकासमा म अथक योद्धा भएर लागेको छु ।

    एमालेका विरुद्धमा गठवन्धन छ ? गठवन्धन तुलनात्मक रुपमा बलियो पनि छ कसरी जित्नुहुन्छ ?
    गठवन्धन पानीको फोका हो । यसको कुनै अर्थ छैन । वितेको २ बर्षमा यो गठवन्धनको प्रदेश र केन्द्र सरकारले कुनै एउटा काम जनताको पक्षमा गरेको छैन । महंगी बढाउने, अत्याचार गर्ने, उद्योगी व्यावसायीहरु हायलकायल पारिएका छन् । खै त जनतालाई राहात ? खै त विकास ? केपी ओलीलाई अदालत प्रयोग गरेर सत्ताबाट हटाए पछि देशको विकास ठप्प भएर रोकियो । नेताको गठवन्धन होला जनताको गठवन्धन हुँदैन । हामी यसपटक सजिलै जित्छौं ।

    तपाईं संघिय सांसद उठ्ने कुरा थियो, एकाएक प्रदेशमा झर्नुभयो किन ?
    कुरा सहि नै हो । म संघिय सांसद उठ्न चाहान्थे । तर, पार्टी भित्र सल्लाह भयो, सहमती भयो । म प्रदेशमा र कृष्णभक्त जी संघमा उठ्न हामी सहमत भयौं । मेरो गोरुको बाह्रै टक्का भनेर पनि त भएन । हामीमा एकता भाव छ । अहिलेको परिस्थितीले पनि हामीलाई एक ठाँउमा उभ्याएको हो ।

    तपाईं बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भनेर चुनावी प्रचार गर्नुभएको रहेछ ? खास के हो ?
    मलाई पार्टीले निर्वाचन जितेर जाँदै गर्दा प्रदेशको महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने कुरा छ । म एमालेको १० औं महाधिवेशनमा सबैभन्दा बढि मत ल्याएर जित्ने केन्द्रीय सदस्य पनि हो । एमालेका नेता कार्यकर्ताको भरोसा पनि हो । म निर्वाचित हुँदै गर्दा मुख्यमन्त्री बन्ने अवस्था तयार हुन्छ । त्यसको लाभ चितवनका जनतालाई पनि हुन्छ । मेरो क्षेत्रका जनतालाई पनि हुने नै भयो । तर, विपक्षी उम्मेदवारले जित्दा त एउटा सांसद मात्रै हुने हो । अब मुख्यमन्त्री हुनसक्ने मान्छेलाई जिताउने कि सांसद मात्रै हुने उम्मेदवारलाई जिताउने जनताले फैसला गर्नुस् भनेको हो । र अर्को कुरा गठवन्धनले प्रदेशमा पनि २ बर्ष सरकार चलायो कति बदनाम भयो तपाईंले देख्नु भएकै छ । कति विकृती भित्रियो । झ्यालै पिच्छे मन्त्रालय बनाएर जनता माथि लुट मच्चाएको तपाईंले देख्नुभएकै छ । मनपरी, अराजकता हावी भयो । त्यसैले सुसंस्कृत र जनतामुखी शासनका लागि पनि एमालेलाई जिताउनुपर्छ । जनतालाई यो कुराको ख्याल भएको पाएको छु ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend