logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • जनताको निर्विकल्प मान्छे हो सुधीर

    जनताको निर्विकल्प मान्छे हो सुधीर

    5.7K
    Shares
    • सूर्यप्रसाद गैरे ‘पारस’

    अब धेरै दिन छैन मतदाताले आफ्नो उम्मेदवारलाई भोट खसाल्न । स्याङ्जामा यसपटकको चुनावी प्रतिस्पर्धा विगतको भन्दा अलिक भिन्न पनि भएको छ । परमादेशी गठबन्धन एकातिर र राष्ट्रवादी नेकपा(एमाले) एकआपसमा विपरित मोर्चामा उभिएर प्रतिस्पर्धा गर्दैछन् । विगतमा आँधिखोला गाउँपालिकाको प्रमुख भएका सुधीर पौडेल पनि यसपटक स्याङ्जा १, प्रदेश ‘ख’ बाट प्रदेश सभा सदस्यको लागि एमालेको तर्फबाट उम्मेदवार बनेका छन् ।

    चुनाव हो पार्टीहरु छन्, सबैका संगठन र कार्यकर्ता छन, चुनावमा मतदाता पनि स्वभाविक रुपमा केही न केही विभाजित हुन्छन् । त्यसैले प्रतिस्पर्धा हुन्छ नै । तर, सुधीरको हकमा अलिक फरक छ, उनी ‘कामले काजी’ भएका नेता हुन् । स्याङ्जा देखि पोखरासम्मका चियापसलमा तत्कालीन समयका पालिकाहरुमा भएका कामहरुको विषयमा चर्चा हुँदा पनि सुधीर सँधै नै शिर्ष स्थानमा देखिन्थे ।

    आँधिखोला गाउँपालिकाको नेतृत्वमा रहेर काम गर्ने शिलशिलामा उनले भौतिक पूर्वाधार, खानेपानी, पर्यटन, कृषि, सामूदायिक विकास, शिक्षा, स्वास्थ्य, तालिम तथा रोजगार आदि धेरै विषयहरुमा ठूलो परिमाणमा काम गरेका छन् । जुन कामहरुलाई सोही क्षेत्रका जनताले राम्रोसँग अनुभुति गरेका छन् ।

    आँधिखोला पालिकाकै महत्वपूर्ण नौडाँडा–कार्किनेटा सडक, पालिका कार्यालय भवन, हरेक वडा भवन, प्रहरी चौकी कार्यालय, विद्यालयहरुका भवन, सामुदायिक भवनहरु, गोरेटोबाटो निर्माण, आदि लगायत धेरै नै भौतिक पूर्वाधारको क्षेत्रमा विगत ५ वर्षमा काम भएका छन् । त्यस्तै, पालिका भित्रका थुप्रै वस्तीमा खानेपानीको जडान, मन्दिर तथा पाटी पौवाहरुको निर्माण, गोरेटो बाटोहरुको निर्माण, झोलुंगे पुलहरुको निर्माण लगायत थुप्रै कामहरु भएका छन् । कृषि क्षेत्रमा किसानहरुलाई विउविजन वितरण, कृषकहरुलाई राहत तथा प्रोत्साहन कार्यक्रम, विभिन्न सिपमुलक तालिम, प्रविधि, विरुवा वितरण लगायत दीगो रोजगार सिर्जना गर्ने विषयहरुमा पनि काम भएका छन् ।

    दक्षीण एसियामा नै एउटा प्रशिद्ध कथा बनेको अन्धाअन्धी पर्यटकीय क्षेत्रको संरक्षण, हुलाक टिकट र अन्य प्रवर्द्धनको कार्यमा सुधीरले उल्लेखनीय कार्य गरेका छन् । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य चौकीहरुको निर्माण गर्दै आयुर्वेदिक औषधालयको समेत पहल गरेर स्थापना गर्न सफल भएका छन् । विगतको ५ वर्षलाई फर्केर हेर्दा विशिष्ट श्रेणी ल्याउनेगरी आँधिखोला गाउँपालिकामा काम भएको छ ।

    पालिका र जनताको आवश्यकता अनुसारका फाइल बोकेर सुधीरले प्रदेशदेखि सिंहदरबारसम्म निकै मेहनत गरेका थिए । उच्च तहमा समन्वय क्षमता र आफ्नो तहमा काम गर्न सक्ने क्षमताका कारण अन्य पालिकाहरुको तुलनामा निकै धेरै कामहरु हुन सकेका र थालनी हुन सकेका हुन भनेर बुझ्नु पर्छ ।

    समाजको निरन्तर विकासका लागि मानिस कहिल्यैपनि विकासमा सन्तुष्ट हुनु हुँदैन । भोको भइरहनुपर्छ । समाज विज्ञानले पनि यही भन्छ । हामीले सोंचेजति काम अवश्य भएका छैनन् । तर हामीले देशका अरु थुप्रै पालिकाहरुसँग आँधिखोलालाई तुलना गरेर विना पुर्वाग्रह हेर्ने कोशिष गर्यौं भने धेरै काम भएको छ । धेरै शुरुवात भएको छ । त्यसैले यहाँनेर भन्न सकिन्छ विकासको क्षेत्रमा अवसर प्राप्त गर्दा रातदिन खटिएर समाजलाई नतिजा दिनसक्ने मान्छे हुन् सुधीर ।

    कहिल्यै कसैले अल्छि नदेखेको जनताको कामसँग सँधै जोडिरहन मन पराउने स्वभाव भएको मान्छे पनि हुन सुधीर । विद्यार्थी संगठनदेखि जिल्ला पार्टी नेतृत्व हुँदै पालिका प्रमुख हुने बेलासम्म उनले हजारौं सामाजिक समस्याहरुसँग साक्षात्कार गरेर समाधान गर्ने कोशिश गरेका उदाहरणहरु हामी सबैका अगाडि छर्लंग छन् । उनी भाषणमा भन्दापनि काममा विश्वास गर्छन । जुन कुरा उनको राजनीतिक जीवनमा छर्लंग देख्न सकिन्छ ।

    लामो समयदेखि स्याङ्जाको पार्टी संगठनमा निरन्तर जोडिएर काम गरेको कारणले उनी स्याङ्जाको सम्पूर्ण भूगोल, समाज, त्यहाँका समस्या, आवश्यकता र समाधानसँग सँग राम्रोसँग परिचित छन् । विगतमा स्याङ्जाको पालिका संरचना निर्माण गर्दापनि महत्वपूर्ण भूमिका खेलेका सुधीर स्याङ्जाको दीगो विकासको निमित्त अगाडि बढाउनुपर्ने पहलहरुको विषयमा समेत निकै जानकार छन् ।

    आगामी दिनमा हामीलाई स्याङ्जाको दीगो नेतृत्व गर्नसक्ने सम्भावना बोकेको नेतृत्व चाहिएको छ, मेहनत र कर्ममा विश्वास गर्ने नेतृत्व चाहिएको छ । त्यस्तै स्पष्ट दृष्टिकोण, काम गर्ने क्षमता भएको र जनता र विकासका कामसँग जोडिदै आएको अनुभवी नेतृत्व चाहिएको छ । जसले भोली समग्र प्रदेश निर्वाचन क्षेत्र, जिल्ला र मुलुककै विकासको निम्ति महत्वपूर्ण योगदान दिन सकोस । सायद यो विषयमा हामी कोही पनि असहमत हुँदैनौ । अनि हामीले हेरौं चौतर्फी यी सबै योग्यताहरुको विशेषता बोकेको उम्मेदवार मात्रै सुधीरमा भेटाउन सक्छौं ।

    हामीले विकल्पमा उत्तम र सक्षम खोज्ने हो, त्यसरी हेर्दा हामी सबैको निर्विकल्प उम्मेदवार सुधीर मात्रै बन्न सक्छन् । आउनुहोस भोलिको समृद्ध स्याङ्जा निर्माणको लागि एउटा सक्षम उम्मेदवार सुधीर पौडेललाई प्रदेश सभा सदस्यमा विजय गराउन छलफल गरौं, हातेमालो गरौं ।
    – गैरे एमाले स्याङ्जा जिल्ला अध्यक्ष हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend